इजरायलले थाल्यो हमासविरुद्ध सशक्त कारबाही

इजरायलले थाल्यो हमासविरुद्ध सशक्त कारबाही

इजरालयले प्यालेस्टिनी विद्रोही समूह हमासविरुद्ध सशक्त कारबाही थालेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले कारबाही शुरु भएको बताएका छन् ।

उता हमासले आफूविरुद्ध हवाई हमला कायम राखे सयौं बन्दीको हत्या गर्ने धम्की दिएको छ । धम्कीपछि इजरायलले विशेष सैन्य कारबाही थालेको हो ।

हमासको आक्रमणबाट इजरायलतर्फ झण्डै एक हजार जनाको मृत्यु भएको जनाइएको छ । मृतकमध्ये केही विदेशी नागरिक पनि छन् । जसमा १० नेपाली र ११ अमेरिकीको पुष्टि भइसकेको छ । 

इजरायली प्रत्याक्रमणमा ७ सय प्यालेस्टिनीको मृत्यु भएको छ । हमासले एकसय भन्दा बढीलाई बन्धक बनाएको दाबी गरेको छ ।

टिप्पणीहरू