म्यान्मारको यांगुनमा ‘सुन्दर फूल र पूर्णिमाको जून’ मध्य–शरद महोत्सव

म्यान्मारको यांगुनमा ‘सुन्दर फूल र पूर्णिमाको जून’ मध्य–शरद महोत्सव

चीन र म्यानमारका कलाकारहरूले दुई मुलुकबीचको सांस्कृतिक झल्को ‘पाउफो’ मित्रताको नवीकरण गरेका छन् । गत बिहीबार साँझ चीनको मध्य–शरद महोत्सवको पूर्वसन्ध्यामा युन्नान प्रान्तीय जनसरकारको सूचना कार्यालय र विभिन्न मुलुकका प्रतिनिधिहरुसँग मित्रता गाँस्दै युन्नान प्रान्तीय जन संघले कार्यक्रम आयोजना गरेको हो । 

यो वर्षको ‘सुन्दर फूल र पूर्णिमाको जून’ अन्तर्राष्ट्रिय मध्य–शरद महोत्सव रात्रिपार्टी म्यानमारको सबैभन्दा ठूलो सहर यांगुनमा मञ्चन गरिएको हो । चीन र म्यानमारका ५० भन्दा बढी कलाकारहरूले आफ्नो उत्कृष्ट कौशलसँगै दुई मुलुकको लामो इतिहास भएको समृद्ध परम्परागत संस्कृति प्रदर्शन गरेर हजारौं वर्ष पुरानो ‘पाउफो’ (बर्मेली भाषामा दाजुभाइको) मित्रताको अभिनय गरेका हुन् । 

चिनियाँ आकर्षण निकै रहेको याङ्गुनको पूर्वी दरवारमा ‘चन्द्रमाको पछि लाग्ने रंगीन बादलहरू’ को मायालु नृत्यसँगै ‘चन्द्रमाको प्रकाशले संसार भर्छ, पुनर्मिलन र अनन्त स्वस्थ होस्’ को सुन्दर दृश्य देखाइएको थियो । कार्यक्रममा म्यानमारका सबै क्षेत्रका प्रतिनिधि र चीनको युन्नान प्रतिनिधिमण्डलका एक हजारभन्दा बढी व्यक्तिको सहभागिता थियो । अन्तर्राष्ट्रिय मध्य–शरद महोत्सव रात्रिपार्टी म्यानमारमा सन् २०२३ ‘सुन्दर फूल र पूर्णिमाको जून’ मध्य–शरद सांस्कृतिक आदानप्रदान कार्यक्रमको मुख्य आकर्षण रहेको बताइन्छ । यो कोभिड–१९ महामारीपछि चीनले म्यानमारमा आयोजना गरेको पहिलो ठूलो सांस्कृतिक र कलात्मक कार्यक्रम पनि हो ।

चीन र म्यानमारलाई पहाड र नदीले जोडेको छ । दुई देशका जनताबीचको मैत्रीपूर्ण आदानप्रदान हजारौं वर्षदेखि रहँदै आएको छ । युन्नान म्यानमारको सीमानासँग जोडिएको छ । चीन र म्यानमारबीचको महत्वपूर्ण प्रवेशद्वार मानिएको सीमानाबाट वर्षौंदेखि दुई देशबीच नियमित आर्थिक, सांस्कृतिक र जनता–जनताबीच आदानप्रदान हुँदै आएको छ ।

‘चन्द्रमा उदाउँदा उज्यालो हुन्छ, दुर्गम पहाडहरूमा मेरो प्यारो दाइलाई सम्झें ।’ जब पूर्वी सेरेनाड ‘सानो खोला बग्दै’ गीत बज्यो, चिनियाँ नर्तकहरूले सुन्दर ढंगले नाच्न थाले, त्यसले दर्शकहरूको तत्काल ध्यान खिचेको थियो । गीतले युन्नानको ‘कारवाँ संस्कृति’ मा एक मार्मिक प्रेम कथा सुनाएको हो ।

युन्नान कारवाँहरू सयौं वर्ष पहिले दक्षिणपश्चिम सिल्क रोडबाट म्यान्मार पुगेर आदानप्रदान र व्यापारमा संलग्न भएको इतिहास छ । ‘म नदीको शीरमा बस्छु, र तिमी नदीको पुछारमा बस्छौ । हामीबीच असीम मायाँ छ र हामी एउटै नदीको पानी पिउँछौं ।’ यो ‘एउटै नदीको पानी सँगै पिउने’ गीत सन् १९५६ मा चीनको राज्य परिषद्का तत्कालीन उपप्रधानमन्त्री चेन यीले म्यानमारको भ्रमणका क्रममा लेखेका ‘मेरा बर्मीज साथीहरूलाई’ कविताबाट रूपान्तरण गरिएको हो । यसमा चीन र म्यानमारबीच कायम रहेको अटल भाइचारा मित्रताको प्रशंसा गरेको छ ।

यस पटक ‘एउटै नदीको पानी सँगै पिउने’ लाई पुनः व्यवस्थित गरेपछि चीन र म्यानमारका कलाकारहरूले संयुक्त रूपमा अभिनय गर्दा सुमधुर गायन धेरै समयसम्म प्रेक्षागृहमा गुञ्जियो । धेरै दर्शकले कलाकारहरुसँगै गाउन थालेका हुन् ।

रात्रिपार्टीमा दुई देशका कलाकारहरूले म्यानमारको राष्ट्रिय नृत्य ‘कठपुतली नृत्य’, नृत्य ‘मिङ्गलाबा’ (बर्मी भाषामा “हेलो“ भनिन्छ), कुकरबिट बाँसुरीबाट बजाइएको ‘बाँसको जंगलमा गहिरो’, राष्ट्रिय बाजा ओबोले बजाइएको ‘मण्डलेका फूलहरू’, बर्मेली नृत्य ‘माया भेट्ने कथा’ लगायत चीन र म्यानमारका समृद्ध सांस्कृतिक विशेषता भएका कार्यक्रमहरू प्रस्तुत गरेका थिए । यसले पछिल्लो प्रदर्शनलाई निरन्तरताको चरमोत्कर्षमा पुर्याएको हो । 

त्यहाँ अर्को एक आकर्षक कार्यक्रम पनि थियो । छोटो फिल्म ‘म म्यानमारमा बुद्ध प्यागोडाको निर्माण गर्दै’, जुन फिल्मले म्यानमारको ‘दश हजार प्यागोडाको सहर’ बगानमा गएको भूकम्पले क्षतिग्रस्त थाटबिन्न्यु प्यागोडाको पुनर्निर्माणमा संलग्न चिनियाँ विज्ञहरूको टोलीको मन छुने कथा बताइएको थियो । वर्षौं लामो सांस्कृतिक सम्पदा संरक्षण अभियानको अवधिमा बढेको चीन र म्यानमारबीचको मित्रताको बारेमा पनि सुनाइयो । 

सन् २०२३ ‘सुन्दर फूल र पूर्णिमाको जून’ मध्य–शरद सांस्कृतिक आदानप्रदान कार्यक्रम सेप्टेम्बर २५ देखि अक्टोबर १ सम्म म्यानमारका विभिन्न ठाउँहरूमा आयोजना गरिएको छ । यसमा ‘एउटा युन्नान नामक जीवन’ फोटो प्रदर्शनी, सन् २०२३ ‘सुन्दर फूल र पूर्णिमाको जून’ अन्तरर्राष्ट्रिय मध्य–शरद महोत्सव रात्रिपार्टी (याङ्गुन र मन्डलेमा विशेष), २०२३ ‘सुन्दर फूल र पूर्णिमाको जून’ अन्तर्राष्ट्रिय मध्य–शरद महोत्सव रात्रिपार्टी (मेड टापुमा विशेष) आदि समावेश छ । जसले म्यानमारका जनता र विदेशी चिनियाँ समुदायलाई मध्य–शरद पर्वको न्यानो शुभकामना पठाउने, चीन र म्यानमारबीचको परम्परागत ‘पाउफो’ मित्रतालाई अगाडि बढाउने,  दुई देशबीचको व्यापक रणनीतिक सहयोग साझेदारी सम्बन्धलाई गहिरो बनाउने, युन्नान र म्यानमारबीच सांस्कृतिक आदान प्रदानलाई प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ ।


 

टिप्पणीहरू