गृहका अधिकृतहरुलाई घरमा खाना, कार्यालय पुगेपछि योगाको निर्देशन

गृहका अधिकृतहरुलाई घरमा खाना, कार्यालय पुगेपछि योगाको निर्देशन
सुन्नुहोस्

अधिकृत तहदेखि माथिका कर्मचारीले कार्यालयमा हाजिर भएपछि अनिवार्य योगाभ्यास–ध्यान गर्नुपर्ने भएको छ । गृह मन्त्रालयले काठमाडौं उपत्यकाभित्रका विभाग, कार्यालयका अधिकृतदेखि उच्च तहसम्मका कर्मचारीलाई योगाभ्यास–ध्यान गरेर मात्र काममा लाग्न निर्देशन दिएको छ । 

आज सबै महाशाखा प्रमुखलाई पत्राचार गर्दै गृहले बिहान सवा १० बजेभित्र अनिवार्य १५ मीनेट योगाभ्यास–ध्यान गरेर मात्र आफ्नो काममा लाग्ने प्रबन्ध मिलाउन निर्देशन दिएको हो । हाल एक दिवसीय ध्यान विज्ञान कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइएको छ । 

‘महाशाखाअन्तर्गत अधिकृतस्तरमा सबै कर्मचारीले हरेक दिन बिहान १०ः१५ भित्र अनिवार्य रुपमा कम्तीमा १५ मीनेट समय योगाभ्यास–ध्यान गरेर मात्र आ–आफ्नो कार्यजिम्मेवारी प्रारम्भ गर्ने व्यवस्था मिलाउनुहुन’ पत्रमा उल्लेख छ ।

 

त्यस्तै, गृहले अन्य तहका कर्मचारीलाई पनि योगाभ्यास प्रशिक्षण दिने तयारी भइरहेको जनाएको छ ।

टिप्पणीहरू