चौधरीको सम्झौतामा प्रधानमन्त्री साक्षी !

चौधरीको सम्झौतामा प्रधानमन्त्री साक्षी !

प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्ड हिजोदेखि चीन भ्रमणमा हुनुहुन्छ । हिजो बिहान हाङ्चौ शहर पुग्नुभएका उहाँ आज बिहान राजधानी बेइजिङ जानुभएको हो । 

बेइजिङ पुगेपछि आज दिउँसो ३ बजे आयोजित व्यापारी र व्यवसायीहरुको सम्मेलनलाई उहाँले सम्बोधन गर्नुभएको छ । कार्यक्रम बेइजिङस्थित चाइना काउन्सिल फर दि प्रमोसन अफ इन्टरनेसनल ट्रेडको सभाहलमा भएको थियो ।

प्रधानमन्त्रीलगायत नेपालबाट गएका झण्डै पाँच दर्जन व्यापारी तथा व्यवसायीहरुको उपस्थितिमा कार्यक्रमको अन्तमा चीनका तीन वटा मोटर कम्पनीले नेपालका गाडी बिक्रेता कम्पनीहरुसँग सम्झौता गरेका छन् । विवादास्पद व्यापारी विनोद चौधरीको स्वामित्वमा रहेको सिजी मोटर्सले चीनबाट विद्युतीय गाडी ल्याउन गरेको सम्झौताको साक्षी प्रधानमन्त्रीलाई बनाइएको भन्दै सहभागी अन्य व्यवसायीहरुले कार्यक्रमस्थलमै असन्तुष्टी जनाएका छन् ।

सिजीले चीनको जीएसी मोटर्स र होचोन अटो कम्पनीका विद्युतीय गाडी नेपालमा ल्याएर बेच्न उक्त सम्झौता गरिएको हो । प्रधानमन्त्रीको औपचारिक भ्रमणमा वैदेशिक लगानी, व्यापार सम्झौता, ऊर्जा सम्भौता हुनुपर्नेमा एक जना व्यवसायीको व्यापारिक सम्झौता हुनुलाई आफूहरुले राम्रो संकेतको रुपमा नलिएको एक जनाले बेइजिङबाट वीच्याट संवादमा भने ।

त्यसपछि प्रधानमन्त्री प्रचण्ड, प्रतिनिधिमण्डल टोलीका सदस्य, व्यापारीहरु चीनस्थित नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले आयोजना गरेको रात्रीभोजमा सहभागी हुनुभएको छ ।

टिप्पणीहरू