३५ वर्षीय जवानले ७० बर्षिय बुद्धासँग कसे लगनगाँठो

३५ वर्षीय जवानले ७० बर्षिय बुद्धासँग कसे लगनगाँठो

प्रेम कतिसम्म अन्धो हुन्छ भन्ने कुराको प्रमाणका रुपमा फेरि एउटा घटना सार्वजनिक भएको छ । एक ३५ वर्षीय युवक र ७० वर्षकी वृद्धाले लगनगाँठो कसेपछि प्रेम सम्बन्धलाई लिएर अनेक चर्चा भैरहेको छ । 

प्रसंग हो- पाकिस्तानको । ३५ वर्षका नईम शहजाद आफ्नो उमेरभन्दा दोब्बर महिलासँग प्रेममा परेका थिए । ७० वर्षीया मेरी क्यानडाकी थिइन्, र उनीहरुको फेसबुकमार्फत भेट भएको थियो । यी दुईबीचको मित्रता यतिसम्म बढ्यो कि उनीहरु एकअर्काको प्रेममा पर्न थाले । त्यो मायाको ज्वरोले ७० वर्षकी मेरी र नईम शहजादको बिबाहमा परिणत गरायो ।

नइमले सन् २०१२ मा फेसबुकमार्फत दुवै नजिक भएको बताए । दुवैले लगातार ३ वर्ष एकअर्कालाई बुझेका थिए । सन् २०१५ मा मेरीले उनलाई प्रपोज गरेकी थिइन् । तर, दुवैले सन् २०१७ को अगस्टमा क्यानडामा विवाह गरेका थिए । तर यही क्रममा नइमले भिसासम्बन्धी समस्या झेल्न थाले । जसका कारण उनीहरु क्यानडामा सँगै बस्न सकेनन् ।

७० वर्षीया मेरी हालै पहिलो पटक पाकिस्तान गएकी थिइन् । यसै क्रममा मेरीले नइमसँग पाकिस्तानमै बस्ने निर्णय गरेकी छिन् । केहीले नइमको यो निर्णयलाई भिसा प्राप्त गर्ने तरिकासँग जोडिरहेका छन् । तर, नइमले यी सबै आरोप निराधार भएको बताएका छन् ।

 आफ्नो सम्बन्धको बारेमा कुरा गर्दै नईम भन्छन्,  'मेरी मानसिक रूपमा विचलित थिइन् । उनी निकै बूढो भइसकेका छिन् । उनी आर्थिक रुपमा पनि कमजोर छिन् । मामूली पेन्सनमा मात्रै बाँचेकी छिन् । हामी बीचको उमेरको भिन्नता के हो ? मलाई मतलब छैन । अब उनी मेरी पत्नी हो।’ 

 घरमा महँगो सामान नरहेको र उनीहरु दुबैले सामान्य जीवन बिताइरहेकोसमेत उनले बताए ।

टिप्पणीहरू