युनेस्कोको सूचीमा समेटियो पहाडी चिया बगान

युनेस्कोको सूचीमा समेटियो पहाडी चिया बगान
सुन्नुहोस्

चीनको एउटा चिया बगान विश्व सम्पदा सूचीमा सूचीकृत भएको छ । युन्नान प्रान्तको चिङमाई पहाडी क्षेत्रमा रहेको सयाैं वर्ष पुरानो पुएर वरपरको बगान क्षेत्र युनेस्कोलाई सम्पदा सूचीमा समावेश गरिएको छ ।

चिनियाँ समाचार समिति सिन्ह्वाका प्रतिनिधिले पुएर पुगेर प्राचीन समयका चियाका बुटयान, हालै वृक्षरोपण गरिएका र नजिकै रहेको प्राचीन गाउँबीचको उल्लासमय वातावरणलाई भिडियोमा कैद गरेका छन् । चियाका आकर्षक बुट्यानले सजिएका हरियाली डाँडा र हरियालीभित्रको परम्परागत ग्रामीण बस्तीले उक्त स्थानको अनुपम सौन्दर्यतालाई पुष्टि गरेको छ ।

युन्नान प्रान्तीय सरकारको सांस्कृतिक तथा प्राकृतिक पुरातात्विक क्षेत्रको बेजोड संरक्षणलाई नमूनाको रुपमा अंगीकार गर्दै युनेस्कोले पुएरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको हो । प्रान्तीय सरकारको उक्त कार्यलाई सांस्कृतिक, प्राकृतिक र जैविक विविधताको विश्वमै राम्रो उदाहरण मानिएको छ ।

यसका लागि युन्नान प्रान्तीय सरकारले स्थानीय स्वायत्तताको नीति अंगीकार गरेको हो । स्थानीयबासीको रचनात्मक सहभागितामा सरकारको सो नीतिले मूर्तरुप लिएको मान्न सकिन्छ ।

भिडियो स्रोत : सिन्ह्वा ।

टिप्पणीहरू