चीनमा फल्यो यो वर्षकै विशाल फर्सि

चीनमा फल्यो यो वर्षकै विशाल फर्सि

चीनमा यो वर्षको सबैभन्दा ठूलो फर्सि घोषणा गरिएको छ । हेइलोङच्याङ प्रान्तमा फलेको एउटा फर्सिलाई चीनकै ठूलो उल्लेख गरिएको छ ।

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार उक्त प्रान्तको फुचिन सहर नजिकैको फार्ममा ठूलो फर्सि फलाइएको हो । फर्सि ७० सेन्टिमीटर अग्लो र ९१ सेन्टिमीटर गोलाईको छ ।

उक्त फार्ममा फलेको ठूलो फर्सिको तौल तीन सय किलोग्राम भएको प्राप्त समाचार उल्लेख छ ।

स्रोत : सिन्ह्वा ।

टिप्पणीहरू