एभरेष्ट बैंकको सहयोग मानव सेवा आश्रमलाई

एभरेष्ट बैंकको सहयोग मानव सेवा आश्रमलाई

एभरेष्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मानव सेवा आश्रम गोरखालाई आर्थिक सहयोग गरेको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङलले आश्रमकी गण्डकी प्रदेश संयोजक मुना लामालाई आर्थिक सहायतास्वरुप पाँच लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको बताइएको छ ।

खालिङले बैंकको सहयोगबाट आश्रममा आश्रित बेसहारा, असहाय, अशक्त मानवहरुको उद्धार, उपचार, संरक्षण र पालनपोषणमा थप टेवा पुग्ने बताए । 

उनले यस्ता निस्वार्थ भावनाले मन छुने तथा परोपकारी कार्य गर्ने संघसंस्थासँग भविष्यमा समेत हातेमालो गर्दै अगाडि बढिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । 

आश्रमकी गण्डकी प्रदेश संयोजक लामाले बैंकको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै यसबाट आश्रित सम्पूर्ण मानवहरुलाई अझ सुलभ सेवा लाभ हुने बताइन् ।

स्थापनाकालदेखि नै ग्राहकको पहिलो रोजाइको रहेको एभरेष्ट बैंकबाट हालसम्म १३ लाखभन्दा बढी ग्राहक सन्तुष्ट भएको जानकारी दिइएको छ । 

आफ्ना १२७ शाखा, तीन एक्सटेन्सन काउण्टर, सात प्रादेशिक कार्यालय, १६२ वटा एटीएमसहित बैंकले विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको निम्ति ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

टिप्पणीहरू