स्याङ्जाली गायिका बेलायतमै बेपत्ता

स्याङ्जाली गायिका बेलायतमै बेपत्ता

कार्यक्रममा गाउन बेलायत झिकाइएकी नेपालकी एक गायिका यतै लुकिदिएपछि स्पोन्सर गर्ने संस्था होम अफिस (गृहमन्त्रालय) मा उजुरी गर्न बाध्य भएको छ ।

गत २८ मेमा बेलायत आएकी स्याङ्जाली गायिका सीमा गुरुङ (नानु) पूर्व निर्धारित कार्यक्रम सकिएपछि ५ सेप्टेम्बर मंगलबार फर्कनु पर्ने थियो । 

३१ वर्षीया गायिकाको रिटर्न टिकट कतार एयरवेजमा ५ सेप्टेम्बर अपरान्ह ४ बजे हिथ्रो टर्मिनल फोरबाट थियो । उनीसंगै आएका गायक श्यामबहादुर राना मंगलबारै फर्किए पनि सीमा भने बेलायतमै हराएकी छन् । 

गत ११ मे, २०२३ मा युके इन्ट्री क्लियरेन्स भीसा पाएकी सीमाको भीसा अवधि नोभेम्बर ११ सम्म छ । तर, जुन कार्यक्रम प्रयोजनका लागि आएको हो त्यो सकिएपछि फर्कनुपर्नेमा उनी यतै लुकेको श्रोतले बताएको छ । 


स्पोन्सरले सीमा नफर्किएपछि आफ्नो समेत रेकर्ड बिग्रने भन्दै युके बोर्डर एजेन्सीलाई खवर गरेको बताइएको छ । स्पोन्सर गर्ने ती व्यक्तिले सीमालाई कहीं कतै भेटेमा बोर्डर एजेन्सीलाई खवर दिन पनि आग्रह गरेका छन् । 

उनी बेलायती अध्यागमन अधिकारीले नसमात्दै तत्काल नेपाल फर्किए खासै असर पर्दैन,तर यहाँ समातिए उम्कन सजिलो छैन । १० वर्षसम्म बेलायत आउन प्रतिवन्धित हुनेछिन् भने अन्य देश यात्रा गर्न पनि बाटो बन्द हुने सोलिसिटर बताउँछन् ।  

गायनमा करिअर बनाउँदै गरेकी र मिसेज गुरुङ २०२२ की फष्ट रनर अप सीमा किन लुकिन् खुलेको छैन । अहिले बेलायतमा गैर कानूनी बस्न सहज छैन । ओभरस्टे बस्नेलाई ब्रिटेनमा काम,औषधि उपचार,घर भाडा केही पनि दिइन्न । बेलायतमा इलिगल माइग्रेन्टलाई जागिर वा घर भाडामा दिए जनही १० हजार पाउण्डसम्म जरिवाना र जेल सजाय समेत हुने कानूनी व्यवस्था छ । आफ्नो स्पोन्सर छाडेर अरुको कार्यक्रममा सहभागी भए आयोजक पनि सजायको भागिदार बन्नु पर्ने अवस्था छ ।

टिप्पणीहरू