नयाँ दिल्लीकाे जी २० ले आगामी शिखर सम्मेलन तय गर्ने

नयाँ दिल्लीकाे जी २० ले आगामी शिखर सम्मेलन तय गर्ने
सुन्नुहोस्

भारतको राजधानी नयाँ दिल्लीमा आगामी शनिबार र आइतबार जी २० सम्मेलन हुँदैछ । उक्त सम्मेलनमा चिनियाँ र रुसी राष्ट्रपतिहरु सहभागी नहुने घोषणा भइसकेको छ । 

विश्वका विकसित र आर्थिक रुपले सम्पन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरुको सम्मेलनमा चीनले राष्ट्रपति सि जिनपिङको सट्टा प्रधानमन्त्री ली चियाङलाई सहभागी गराउने भएको छ । रुसले राष्ट्रपति भ्लादिमिर पुटिनको प्रतिनिधित्व गराउँदै विदेशमन्त्री सेर्गेई लाभ्रोभलाई नयाँ दिल्ली पठाउन लागेको छ ।

रुसी राष्ट्रपति पुटिन यसअघि सन् २०१९ मा जापानको ओसाकामा भएको जी २० शिखर सम्मेलनदेखि सहभागी हुन छाडेका हुन् । आफू अनुपस्थित हुने खबर पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गत अगष्टमा भएको टेलिफोन कुराकानीबाट जानकारी गराएका थिए ।

पुटिन अघिल्लो महिना दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भएको ब्रिक्स सदस्य मुलुकहरुको सम्मेलनमा पनि गएका थिएनन् । 

नयाँ दिल्ली सम्मेलनले जी २० को आगामी शिखर सम्मेलनबारे पनि निर्णय गर्ने बताइएको छ । जसअनुसार आगामी वर्ष सन् २०२४ मा ब्राजिलमा, त्यसपछि सन् २०२५ मा दक्षिण अफ्रिका र सन् २०२६ मा संयुक्त राज्य अमेरिकामा सम्मेलन गर्ने एजेण्डा पारित हुने छ ।

टिप्पणीहरू