प्रमुख निर्वाचन आयुक्त र सचिव युरोप प्रस्थान

प्रमुख निर्वाचन आयुक्त र सचिव युरोप प्रस्थान
सुन्नुहोस्

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया युरोप जानुभएको छ ।उहाँ गए राति सवा २ बजे कतार एअरवेजको उडान नम्बर क्युआर ६४५ मा काठमाडौंबाट पत्नीसहित दोहा हुँदै स्विडेनको राजधानी स्टकहोमतर्फ प्रस्थान गरेको बताइएको छ । सरकारी कार्यक्रम सकेर आफन्त भेटघाटनिम्ति त्यतै त्यतै डेनमार्क र नर्वे पनि पस्ने योजना रहेको बुझिएको छ ।

सोही उडानमा प्रधानमन्त्री कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आठ सदस्यीय टोली पनि इस्टोनियातर्फ गएको छ । सचिव पाण्डेसहितको टोली इस्टोनियामा हुन लागेको ओपन गभर्मेन्ट पार्टनरशिप ग्लोबल समिट २०२३ मा भाग लिन त्यता गएको हो ।
 

टिप्पणीहरू