एमालेको जम्बो टोली चीन जाने

एमालेको जम्बो टोली चीन जाने
सुन्नुहोस्

चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीचको सम्बन्ध सुदृढीकरणका लागि उत्तरतिरको यात्रामा निस्किने शंकर पोखरेलको नेतृत्वमा १९ सदस्यीय टोली भदौ १७ गतेदेखि तय भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणा मान्न जाने सो टोलीमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्षका सल्लाहकार र विदेश विभाग प्रमुख डा. राजन भट्टराई, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, संगठन विभागका प्रमुख काशीनाथ अधिकारी रहनेछन् भने चार वटा भ्रातृ संगठनका नेता पनि सहभागी हुने भएका छन् । जसमा युवा संघको अध्यक्ष क्षितिज थेवे, अनेरास्ववियूका अध्यक्ष समिक बडाल, महिला विभागकी टुका हमाल र जिफन्टका विनोद श्रेष्ठको नाम पक्कापक्की भएको छ भने निरज आचार्यसहित ७ प्रदेशबाट एक एक जना पनि मिसिनेछन् ।

टोलीमा बागमतीबाट रचना खड्का, मधेश प्रदेशबाट ज्वालाकुमारी साह छन् । टोलीले सेप्टेम्बर ३ तारिखदेखि १५ तारिखसम्म राजधानी बेइजिङ, दलाई लामाको जन्मथलो छिंघाईलगायत तीन शहरको भ्रमण गर्ने भएको छ । माओवादी केन्द्रका नेता अग्नि सापकोटाको नेतृत्वमा केही हप्ताअघि १९ सै जना यसैगरी मानसरोवरसमेत गएका थिए । 
 

टिप्पणीहरू