शीतल निवासमा सार्क महासचिव, बालुवाटारमा बेलायती राजदूत

शीतल निवासमा सार्क महासचिव, बालुवाटारमा बेलायती राजदूत
सुन्नुहोस्

राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली राष्ट्रहरुको क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव मोहम्मद गोला सरवारले भेट गर्नुभएको छ । राष्ट्रपति पौडेलसँग भेट गर्न महासचिव सरवार दिउँसो पौने २ बजे शीतल निवास पुग्नुभएको थियो । 

आजै नेपालका लागि बेलायती राजदूत रोब फेनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विषयमा विचार विमर्श भएको जनाइएको छ ।

राजदूत फेनले कार्यभार सम्हाल्न नेपाल आएपछि प्रधानमन्त्री प्रचण्डसँग गरेको यो नै पहिलो भेटवार्ता हो । प्रधानमन्त्रीसँग सार्कका निवर्तमान महासचिव इसला रुवान विराकुनले पनि आजै बिदाइ भेट गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।

टिप्पणीहरू