अमेरिका, दक्षिण कोरिया र जापानद्वारा आणविक युद्धको प्रोत्साहन : उत्तर कोरिया

अमेरिका, दक्षिण कोरिया र जापानद्वारा आणविक युद्धको प्रोत्साहन : उत्तर कोरिया

उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिका, दक्षिण कोरिया र जापानमाथि कोरियाली प्रायद्वीपलाई अस्थिर बनाएको आरोप लगाएका छन् । उनीहरुले आणविक युद्धलाई प्रोत्साहन गरेको उनको भनाई छ । 

आफ्नो मुलुकको नौसेना दिवसका अवसरमा बोल्दै उनले भने, ‘अमेरिका, जापान र दक्षिण कोरियाको नियमित सैन्य अभ्यासले सुरक्षा चुनौती बढाएको छ । त्यसैले आफ्नौ सैन्य क्षमता बढाउनुको विकल्प छैन ।’

टिप्पणीहरू