भारतले गर्यो राष्ट्रिय अन्तरिक्ष दिवसको घोषणा

भारतले गर्यो राष्ट्रिय अन्तरिक्ष दिवसको घोषणा स्रोत : इण्डिया न्युज नेटवर्क ।

भारतले चन्द्रयान ३ चन्द्र धरातलमा सफलताका साथ अवतरण गरेको दिनलाई राष्ट्रिय अन्तरिक्ष दिवसको रुपमा मनाउने घोषणा गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले आज बैंगलोरमा भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (आइएसआरओ) का वैज्ञानिकहरुसँग गरेको छलफलपछि उक्त घोषणा गरिएको हो ।

त्यसैगरी चन्द्रयान ३ अवतरण गरेको चन्द्रमाको दक्षिणी ध्रुव नजिकैको उक्त स्थानलाई ‘शिव शक्ति’ नामाकरण गरिएको छ । प्रधानमन्त्री दक्षिण अफ्रिकाको जोहानेसवर्गमा भएको ब्रिक्स राष्ट्रहरुको शिखर सम्मेलन र ग्रीसको औपचारिक भ्रमणपछि बैंगलोर पुगेर आज वैज्ञानिकहरुसँग भेट गरेका हुन् ।

 उनले भनेका छन्, ‘मंगलयान र चन्द्रयानको सफलतापछि अब गगनयानको तयारी गरिने छ । यसले भारतका नयाँ पुस्तालाई नौलो धारणा बनाउन सहयोग पुग्नेछ । यसका लागि सरकारले भारतीय अन्तरिक्ष उद्योगको निम्ति हालको ८ अर्ब अमेरिकी डलरको बजेटलाई आगामी केही वर्षसम्म १६ अर्ब अमेरिकी डलर बनाइने छ ।’

टिप्पणीहरू