चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच जोहानेसबर्गमा भेटवार्ता हुँदै

चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच जोहानेसबर्गमा भेटवार्ता हुँदै

भारतीय प्रधानमन्त्री ब्रिक्स सम्मेलनमा भाग लिन दक्षिण अफ्रिकाको जोहोसबर्ग जान लागेका छन् । ब्रिक्सको भोलिदेखि बिहीबारसम्म हुने १५ औं सम्मेलनमा भाग लिन उनी त्यता जान लागेको बताइएको छ । 

कोरोना महामारीको तीन वर्षपछि भौतिक उपस्थितिमा सम्मेलन हुन लागेको हो । तीन वर्ष भर्चुअल माध्यमबाट सम्मेलन आयोजना गरिएको थियो । 

सम्मेलनको क्रममा चिनियाँ राष्ट्रपति सि जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच साइडलाइन भेटवार्ता हुनेछ । 

दक्षिण अफ्रिकापछि मोदी ग्रीसको भ्रमणमा जाने भारतीय विदेश मन्त्रालयले जनाएको छ । उनी आगामी शुक्रबार ग्रीसको भ्रमणमा निस्कने बताइएको छ । भारतीय प्रधानमन्त्रीले पछिल्लो ४० वर्षमा ग्रीसको पहिलो भ्रमण गर्न लागेका हुन् ।

टिप्पणीहरू