हेटौंडामा आफ्नै लिङ्ग काटेका युवाको भरतपुरमा उपचार

हेटौंडामा आफ्नै लिङ्ग काटेका युवाको भरतपुरमा उपचार

मकवानपुरका एक युवाले आफ्नै लिङ्ग काटेका छन् । मकवानपुरगढी–७ नयाँगाउँका २२ वर्षीय नविन हुमागाईले हेटौँडाको एक होटलमा आफ्नै लिङ्ग काटेका हुन् । 

हेटौंडा–१०, बसपार्कस्थित फूलबारी होटल एण्ड लजको १ नम्बर कोठामा बसेका उनी गएराति लिङ्ग काटेर घाइते भएपछि आफैँ अस्पताल पुगेका थिए । उपचारार्थ हेटौंडा अस्पताल पुगेका हुमागाईंलाई त्यहाँ प्रारम्भिक उपचारपछि भरतपुर पठाइएको थियो ।

हाल भरतपुरस्थित पुरानो चितवन मेडिकल कलेजमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । राति सुतेको बेलामा लिंगमा बिच्छीले टोकेपछि शरीरमा विष फैलिने डरले यस्तो हर्कत गरेको हुमागाईंले प्रहरीलाई बताएका छन् ।

टिप्पणीहरू