बालकोट एरियामा आँखा पाक्ने रोग फैलियो, भोलि र पर्सि विद्यालय बन्द

बालकोट एरियामा आँखा पाक्ने रोग फैलियो, भोलि र पर्सि विद्यालय बन्द

भक्तपुरको सूर्यविनायक नगरपालिकाभित्रका शैक्षिक संस्था भोलि र पर्सि बन्द हुने भएका छन् । नगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ । 

आज जारी सूचनामा विगत केही दिनयता आँखा पाक्ने रोग देखापरेको र त्यसबाट पठनपाठनमा असहज भएकाले दुई दिनका लागि नगरक्षेत्रभित्रका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको नगरपालिकाको सूचनामा उल्लेख छ । 

आगामी हिउँदे बिदाबाट कट्टा हुनेगरी नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालय भोलि र पर्सि बन्द गर्न लागिएको हो ।

टिप्पणीहरू