जिल्ला प्रशासनको आपत्तिपछि रास्वपाको लिखित विज्ञप्ति

जिल्ला प्रशासनको आपत्तिपछि रास्वपाको लिखित विज्ञप्ति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिकका समस्या समाधान गर्न सहजीकरणका लागि खटिनुअघि स्थानीय निकाय र सरोकारवाला निकायसँग आवश्यक समन्वय र अनुमति लिन पार्टी पंक्तिलाई निर्देशन दिएको छ ।

मुग्लिङ्ग–नारायणगढ सडकखण्डको ट्राफिक जाम व्यवस्थापन आफ्नो पार्टीको ‘आरएटी’ टीमले गरेको दाबी गरेपछि जिल्ला प्रशासन कार्यालय चितवनले त्यसप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै ट्राफिक व्यवस्थापनमा कुनै अमुक दल तथा सोअन्तर्गतका संघ संगठनको सहयोग नलिइएको वा लिन स्वीकृति नदिइएको स्पष्ट पारेपछि रास्वपाले पछिल्लो निर्देशन दिएको हो । 

रास्वपाका महामन्त्री तथा प्रवक्ता डा.मुकुल ढकालले नागरिकका समस्या समाधानका लागि खटिनुअघि स्थानीय निकाय र सम्बन्धित निकायसँग अनुमति लिन लिखित निर्देशन दिएका छन् । 

उनले जनताका दैनिक जीवनमा आइपर्ने कठिनाइको समाधान गर्न तथा सहजीकरणका लागि पार्टीले विशुद्ध समाज हितकालागि र्यापिड एक्सन टीम गठन गरेको उल्लेख गरेका छन् । जारी विज्ञप्तिमा अविरल वर्षाका कारण बाढी पहिरोले जनजीवन प्रभावित भएको परिप्रेक्ष्यमा पार्टीका अन्य संयन्त्र र आरएटी जनजीविकाका समस्या सहजीकरणका लागि खटिनु अपरिहार्य रहेको जनाइएको छ ।

टिप्पणीहरू