दुई वर्षकी बालिका स्केटिङ प्रतियोगितामा सहभागी

स्रोत : सिन्ह्वा ।
सुन्नुहोस्

चीनमा २ वर्षकी बालिकाले स्केटिङ प्रतियोगितामा भाग लिएकी छन् । चाङ युचेन नामकी बालिका उक्त प्रतियोगितामा भाग लिन अभिभावकसहित दक्षिण चीनको क्वाङ्सी चुवाङ स्वायत्त प्रान्त पुगेकी हुन् ।

उनी हालसम्मकै सबैभन्दा सानो उमेरमा भाग लिने प्रतियोगी बनेको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

उक्त स्केटिङ फिगर अर्थात शारिरीक हाउभाउसँग सम्बन्धित छ । रातो पोशाक र सेता विशेष जुत्तामा सजिएकी बालिकाको अदम्य साहस र हाउभाउले दर्शक मन्त्रमुग्ध भएका थिए । प्रतियोगितापछि उनी नजिकै रहेकी आमालाई खुशीले अंगालो हाल्न पुगेकी थिइन् ।

टिप्पणीहरू