प्रधानमन्त्रीका ज्वाईंको लगेजबाट कसले सामान उछिट्यायो ?

प्रधानमन्त्रीका ज्वाईंको लगेजबाट कसले सामान उछिट्यायो ?

बेलायतबाट काठमाडौं आएका प्रधानमन्त्रीका एक जना ज्वाईंको लगेज फुटाइएको छ । बेलायतबाट दोहा हुँदै काठमाडौं आएका सागर केसीको लगेजबाट सामान हराएको बताइएको छ ।

केसी कतार एअरवेजको उडान नम्बर क्युआर ६४६ बाट साँझ सवा ६ बजे आइपुगेका उनले सामान चोरिएको अवस्थामा लगेज फेला परेपछि कतार एअरवेजमा उजुर हालेका छन् ।

एअरवेजले हराएको सामानबारे अनुसन्धान गर्ने बताएपछि केसी फुटेको ब्यागेज बोकेर विमानस्थलबाट निस्केको त्यहाँका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए ।

उनी २३ जुलाइका दिन बेलायत पुगेका थिए ।

टिप्पणीहरू