भारतलाई देखाएर चामलमा मनलाग्दी नगर्न निर्देशन

भारतलाई देखाएर चामलमा मनलाग्दी नगर्न निर्देशन

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पुरानै मूल्यमा चामल बेचबिखन गर्न निर्देशनयुक्त चेतावनी दिएको छ । 

केही दिनअघि भारतले बासमती बाहेकको चामल निर्यातमा प्रतिबन्ध लगाएपछि व्यापारीहरुले आफुखुशी मूल्यवृद्धि गरेको भन्दै विभागले पुरानै मूल्यमा चामल बेचबिखन गर्न निर्देशन दिएको हो । विभागले गत साउन १५ गते नेपाल उद्योग वाणिज्य महासंघका वाणिज्य क्षेत्र हेर्ने पदाधिकारीसँग चामल निर्यात प्रतिबन्धका विषयमा छलफल गरेको थियो । 

भारतले चामल प्रतिबन्ध लगाउनुअघि भण्डारणमा रहेको चामल बजारमा बेचबिखन गर्न पठाउँदा साविककै मूल्यमा बेच्न विभागको विज्ञप्तिमा उल्लेख छ । साथै, कसैले प्रचलित ऐन कानूनको बर्खिलाप हुने गरी अवाञ्छित तवरले मूल्यवृद्धि भएको पाइएमा कानूनबमोजिम कारबाही गरिने पनि चेतावनी दिइएको छ ।

टिप्पणीहरू