अफगानिस्तानमा सांस्कृतिक नरसंहार भएको ठहर

अफगानिस्तानमा सांस्कृतिक नरसंहार भएको ठहर

अफगानिस्तानमा वाद्यवादनका यन्त्रहरु जलाइएको छ । झण्डै दुई वर्षअघि सत्तामा आएको तालिवानले गीत संगीतले नागरिकलाई पथभ्रष्ट बनाउने उल्लेख गर्दै त्यस्ता यन्त्र जलाउने अभियान थालेको हो ।

आज हेरात प्रान्तमा निकै महँगा र ऐतिहासिक वाद्यवादनका यन्त्र जलाइएको छ । अफगान र अन्य भाषाका संगीतकर्मी तथा कलाकारहरुले तालिवानको उक्त कुकृत्यलाई सांस्कृतिक नरसंहारको संज्ञा दिएका छन् ।

तालिवानले किशोरी र महिलालाई विद्यालय, जिमखाना र पार्कहरुमा प्रवेश निषेध गरिसकेको छ । हालै व्युटी पार्लरसमेत बन्द गराएको छ ।

टिप्पणीहरू