सुन काण्डबारे प्रधानमन्त्री र ओलीबीच बालुवाटारमा छलफल

सुन काण्डबारे प्रधानमन्त्री र ओलीबीच बालुवाटारमा छलफल

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज बिहान बालुवाटारमा उहाँहरुको भेट भएको हो ।  

झण्डै डेढ  घण्टा लामो भेटवार्तामा सदनको अवरोध अन्त्यलगायतका विषयमा छलफल भएको जनाइएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन तस्करी भएको घटनामा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेर एमालेले सदन अवरुद्ध पारेको छ । भेटका क्रममा अध्यक्ष ओलीसँग प्रधानमन्त्री प्रचण्डले अवरुद्ध सदन खोल्न आग्रह गरेको बताइएको छ । 

त्यस्तै, कोशी प्रदेशमा रहेको राजनीतिक तथा संवैधानिक संकट अन्त्यका विषयमा पनि प्रचण्ड र ओलीबीच कुराकानी भएको बुझिएको छ । सर्वोच्च अदालतले उद्धव थापा नेतृत्वको सरकारलाई असंवैधानिक ठहर गरेपछि कोशीमा संवैधानिक संकटको अवस्था छ । 

प्रधानन्यायाधीश सिफारिस, संवैधानिक परिषद्को बैठकलगायत अन्य समसामयिक विषयमा पनि दुई नेताको कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ ।

टिप्पणीहरू