राजमार्गमा अखिल क्रान्तिकारीद्वारा सरकारी सवारी साधनको अनुगमन

राजमार्गमा अखिल क्रान्तिकारीद्वारा सरकारी सवारी साधनको अनुगमन

नेकपा विप्लव समूहक निकट अखिल (क्रान्तिकारी) ले सरकारी नम्बर प्लेटका सवारी साधनको अनुगमन थालेको छ । सार्वजनिक बिदाको दिन अनुमतिबिना चलाइएको सरकारी सवारी साधन अनुगमन गर्दै केहीलाई प्रहरीको जिम्मा लगाइएको बताइएको छ ।

क्रान्तिकारीले हिजो बुटवलस्थित पूर्व–पश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गमा गुडेका सरकारी सवारी साधन रोकेर कागजपत्र हेरेको जनाइएको छ । उनीहरुले केही सवारी साधनलाई नियन्त्रणमा लिएर केही समयपछि छाडेका थिए । कागजपत्र नभएको एउटा सवारी साधनलाई इलाका प्रहरी कार्यालय, रुपन्देहीको जिम्मा लगाइएको बताइएको छ ।

विद्यार्थीहरुले सवारी साधनको दुरुपयोगमा राज्यको ध्यान जानुपर्नेमा त्यसो हुन नसकेको उल्लेख गरे । राज्यले आफ्नो जिम्मेवारी पूरा नगरेकाले आफूहरुले सरकारी सवारी साधनको अनुगमन गरिएको क्रान्तिकारीले बताएको छ ।

टिप्पणीहरू