मानसिक स्वास्थ्य उपचार केन्द्र बनाउन जापान सरकारले गप्यो आर्थिक सहयोग

मानसिक स्वास्थ्य उपचार केन्द्र बनाउन जापान सरकारले गप्यो आर्थिक सहयोग

जापान सरकारले नेपाललाई मानसिक स्वास्थ्य उपचार केन्द्र भवन निर्माणका लागि आर्थिक सहयोग गरेको छ । नेपालका लागि जापानका राजदूत किकुता युताकाले सो आर्थिक सहयोग गरेका हुन् । 

नेपाल भ्रमणमा आएका उनले काठमाडौंमा मानसिक स्वास्थ्य उपचार केन्द्र भवन निर्माणका लागि परियोजना कोशिशद्धारा दुई लाख ९६ हजार ८५६ अमेरिकी डलर अनुदान दिएका हुन् । 

ग्रासरुट ह्युमनका लागि अनुदान सहायताअन्तर्गत जापान सरकारको सुरक्षा परियोजनामध्ये यो अनुदानको सबैभन्दा ठूलो रकम हो । 

राजदूत किकुटाले यस परियोजनाबाट उच्च गुणस्तरसहितको चिकित्सीय सेवा उपलब्ध गराउन सहयोग पुग्ने बताउँदै खुशी व्यक्त गरे । 

उनले मानसिक स्वास्थ्य समस्याबाट पीडित बिरामीले आफ्नो स्वतन्त्र जीवन पुनः सुरु गर्न समक्ष हुने विश्वास लिएको समेत बताए । 

सन् २००८ मा स्थापना भएको कोशिश एक गैरसरकारी संस्था हो । मानसिक स्वास्थ्य समस्या भएका मानिसलाई आत्मसम्मान र स्वतन्त्र रुपमा बाँच्न समक्ष बनाउन यसले महत्त्वपूर्ण योगदान दिँदै आएको छ ।

टिप्पणीहरू