प्रधानमन्त्रीलाई पानी छ्यापेपछि संसदमा बबाल

प्रधानमन्त्रीलाई पानी छ्यापेपछि संसदमा बबाल

प्रधानमन्त्रीलाई पानी छ्यापेको निहुँमा कोसोभोको संसद्मा दोहोरो भिडन्त भएको छ । त्यहाँका प्रधानमन्त्री अल्बिन कुर्तीले संसदमा बोलिरहँदा विपक्षी दलका सांसदले बोतलको पानी फालेका थिए । ती सांसदले उपप्रधानमन्त्रीलाई पनि पनि पानी छ्यापेका थिए ।

त्यसपछि सत्तापक्ष र विपक्षी दलका सांसदहरुबीच संसद बैठक कक्षमा मुक्कामुक्की भएको हो । स्थिति तनाग्रस्त भएपछि सभामुखले सदनको बैठक स्थगित गरेका थिए ।

प्रधानमन्त्री कुर्तीले उत्तरी कोसोभोका सर्ब जनजातिसँगको तनाव अन्त्यकालागि सरकारले चालेको पछिल्लो कदमबारे बोलिरहेका थिए । तर उनको भनाईमा विपक्षी सांसदहरुले आपत्ति जनाएका थिए ।

कोसोभोले सन् २००८ मा आफूलाई स्वतन्त्र राष्ट्र घोषणा गरेको हो । स्थानीय जनजातिले कोसोभोलाई स्वतन्त्र राष्ट्र स्वीकारेका छैनन् । तर अमेरिका र युरोपका अधिकांश मुलुकले कोसोभोलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएका छन् ।

टिप्पणीहरू