टन्सिलका बिरामी बेडमै बितेपछि हेल्पिङ्गह्याण्ड तनावग्रस्त

टन्सिलका बिरामी बेडमै बितेपछि हेल्पिङ्गह्याण्ड तनावग्रस्त

उपचारको क्रममा बिरामीको मृत्यु भएपछि चाबहिलस्थित हेल्पिङ्गह्याण्ड अस्पतालको अवस्था तनावग्रस्त भएको छ । 

चिकित्सकको लापरवाहीको कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तले अस्पताल घेराउ गर्दै नाराबाजी गरेका हुन् । टन्सिल भएर हिजो बेलुका ७ बजे अस्पताल भर्ना भएका गोकर्णश्वर नगरपालिका वडा नम्बर ८, आरुबारीका २७ वर्षीय विश्व लामाको राति ११ बजे निधन भएको थियो । 

घरबाट हिँडेर अस्पताल आएका व्यक्तिको चिकित्सकको लापरवाहीको कारण ज्यान गएको आफन्तहरुको आरोप छ । उपचारमा संलग्न डाक्टरलाई कारबाही र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै झण्डै दुई दर्जन आफन्तले अस्पतालमा आन्दोलन गरिरहेका छन् । 

यता, अस्पताल प्रशासनले बिरामीको परिवारसँग छलफल गर्ने तयारी गरेको छ । उनीहरुले आन्दोलन गरेपनि अस्पतालको सम्पूर्ण सेवा भने सुचारु नै रहेको प्रशासनले जनाएको छ ।

टिप्पणीहरू