प्रधानमन्त्रीसँग कोरियाली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग कोरियाली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क ताएयोङले शिष्टाचार भेट गरेका छन् । 

प्रधानमन्त्रीसँग भेटवार्ताको निम्ति राजदूत पार्क प्रधानमन्त्रीको सचिवालय तथा मन्त्रिपरिषद कार्यालय, सिंहदरबार पुगेका हुन् । 

सो अवसरमा दुई मुलुकबीच कायम रहेको लामो कुटनीतिक, आर्थिक सम्बन्धका साथै पारस्परिक सहयोगबारे विचार विमर्श भएको बताइएको छ ।

टिप्पणीहरू