अबदेखि बेलायत जानेको स्वास्थ्य परीक्षण नर्भिकमा

अबदेखि बेलायत जानेको स्वास्थ्य परीक्षण नर्भिकमा

काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा  अध्ययन र रोजगारीका लागि बेलायत जानेको स्वास्थ्य परीक्षण  हुने भएको छ । काठमाडौंस्थित बेलायती दूतावासले नर्भिक हस्पिटललाई स्वास्थ्य परीक्षणको जिम्मेवारी दिएको बताइएको छ ।

दूतावासले नर्भिकसँगै इन्टरनेशनल अर्गनाइजेसन अफ माइग्रेसन (आइओएम) लाई पनि यूके जानेको मेडिकल जाँच गर्ने जिम्मेवारी दिएको छ । अष्ट्रेलिया जानेको मेडिकल जाँचको जिम्मा पनि नर्भिक र आइओएमले नै पाएका छन् । सम्बन्धन पाएसँगै नर्भिकले बेलायत जानेको स्वास्थ्य जाँचको थालनी भइसकेको जानकारी दिएको छ ।

बेलायत जानेले नर्भिकमा मेडिकल जाँचका लागि अनलाइन बुकिङ्ग गर्नुपर्छ । अनलाइनमा खाली देखिएका स्लटमा आफूलाई उपयुक्त मिति बुक गरेपछि सोही दिन सम्बन्धित व्यक्तिको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइने नर्भिकले जनाएको छ ।

टिप्पणीहरू