औषधिमा हेल्चेक्र्याई नगर्न विभागको सूचना

औषधिमा हेल्चेक्र्याई नगर्न विभागको सूचना

बजारमा औषधि सर्टेज भएपछि औषधी व्यवस्था विभागले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । विभागले आज सूचना निकालेर बजारमा औषधिको उपलब्धता तथा सुनिश्चिता गराउन उत्पादक,आयातकर्तासहित अस्पतालहरुलाई सचेत गराएको हो । 

विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बिरामीको उपचारका क्रममा जीवनरक्षक अति आवश्यकीय औषधि बजारमा उपलब्ध गराउन अनुरोध गरेका छन् । 

पछिल्लो समय बजारमा कतिपय अत्यावश्यक औषधी उपलब्ध नभएको जनगुनासो पटक-पटक आएकोमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै उनले औषधिको व्यवस्थापनको लागि सम्भावित अभावको पूर्वजानकारी समेत यथासिघ्र आधिकारिक पत्र वा इमेलमार्फत विभागमा गराउन भनेका छन् । 

‘बिरामीको उपचारका क्रममा आवश्यक पर्ने कतिपय जीवन रक्षक अति आवश्यकीय औषधि बजारमा उपलब्ध नभएको जनगुनासो पटक पटक आएकोमा यसप्रति विभागको ध्यानाकर्षण भएको छ,’ सूचनामा भनिएको छ, ‘यस्ता समस्याको समाधान गर्नका लागि के कस्ता प्रकारका औषधी कुन रोगको उपचारमा अभाव भएको छ, सोको जानकारी गराउनका साथै त्यस्ताऔषधिको व्यवस्थापनको लागि सम्भावित अभावको पूर्व जानकारी समेत यथासिघ्र आधिकारिक पत्र वा देहायका इमेल ठेगानामार्फत विभागमा जानकारी दिनुहुन सम्बन्धित सबै उत्पादक, आयातकर्ता, सरकारी, सामुदायिक तथा निजी अस्पताल र संघसंस्थालाई अनुरोध छ ।’

टिप्पणीहरू