आठ कक्षामा अध्ययनरत विद्यार्थीले पासो लगाए

आठ कक्षामा अध्ययनरत विद्यार्थीले पासो लगाए

कागेश्वरी मनोहरामा रहेको हिन्दु विद्यापीठ स्कुलको कक्षा ८ मा अध्ययनरत एक विद्यार्थीले आत्महत्या गरेका छन् । १३ वर्षे सिम्रन तामाङ हिजो बेलुकी आफ्नै घरको शौचालयमा झुण्डिएका हुन् । 

सिन्धुपाल्चोक स्थायी घर भएका उनले काठमाडौंको थलीस्थित सिंखडा गाँउमा रहेको एक तले ब्लक र जस्ताको छानो भएको आफ्नै घरको शौचालयमा घाँटीमा सलको पासो लगाएका थिए । चुकुल लगाएको अवस्थामा भुण्डिएको देखेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी वृत्त बौद्धका इन्सपेक्टर नरेन्द्र बोगटीको कमान्डमा पुगेको पाँच जनाको टोलीले मुचुल्का उठाई राति १० बजे पोष्टमार्टमको निम्ति टिचिङ हस्पिटल ल्याएको बताइएको छ ।

टिप्पणीहरू