नयाँ आर्थिक वर्ष अगावै दरबन्दी र कर्मचारी विवरण मागियो

नयाँ आर्थिक वर्ष अगावै दरबन्दी र कर्मचारी विवरण मागियो

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थायी कर्मचारीको दरबन्दी पठाउन निर्देशन दिएको छ । मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालयलाई परिपत्र गर्दै १५ दिनभित्र स्थायी कर्मचारीको दरबन्दी पठाउन निर्देशन दिएको बताइएको छ । 

मन्त्रालयका उपसचिव कमानसिंह थापामगरका अनुसार कर्मचारीको विवरण मन्त्रालयको संघीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखा तथा इमेलमा उपलब्ध गराउन भनिएको छ । 

परिपत्रमा भनिएको छ, ‘मन्त्रालय, आयोग, सचिवालय र अन्तर्गतका कार्यालयमा कार्यरत सम्पूर्ण स्थायी कर्मचारीको (राजपत्रांकित र राप अनंङ्कित छुट्टाछुट्टै) विवरण तपसिल बमोजिमको ढाँचामा १५ दिनभित्र प्रमाणित विवरण यस मन्त्रालयको संघीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखामा र ईमेल ठेगानामा उपलब्ध गराउन अनुरोध छ ।’

टिप्पणीहरू