हवाईका राष्ट्रपतिको आकस्मिक नेपाल आगमन

हवाईका राष्ट्रपतिको आकस्मिक नेपाल आगमन

संयुक्त राज्य अमेरिका नजिकै रहेको हवाईका राष्ट्रपति पुहोनुवा डिबिके कानाहेले नेतृत्वको उच्चस्तरीय टोली हिजो दिउँसो काठमाडौं आइपुगेको छ । विदेशमन्त्री जोन किलोहा गार्सिया र राजदूत वोङ कोक वाईसहितको टोली मुम्बईबाट इण्डिगो एअरलाइन्सको उडान नम्बर ६ इ११५७ मा आएको हो । 

चार दिने नेपाल भ्रमणमा आएको टोलीले उच्च सरकारी अधिकारीहरु, व्यवसायीसँग छलफल गर्ने कार्यक्रम रहेको नेपालस्थित हवाईका अवैतनिक वाणिज्य दूत तेजेन्द्र शर्मा पौडेलले बताएका छन् ।

राष्ट्रपतिको टोलीले दुई मुलुकबीच पर्यटन, आर्थिक तथा सांस्कृति आदानप्रदानसँगै आर्थिक वृद्धिका अवसरलाई फराकिलो पार्ने सम्बन्धमा छलफल र भेटघाट गर्न लागेको जानकारी दिइएको छ ।
हवाई संयुक्त राज्य अमेरिकाबाट सन् १९९५ जनवरी १६ का दिन स्वतन्त्र भएको हो ।

हवाईले सन् २०१७ मा संयुक्त राष्ट्र संघको फोरम अन इण्डिजिनस इस्युज (युएनपीएफआईआई) सदस्यता प्राप्त गरेको थियो । एक वर्षपछि राष्ट्र संघले उक्त संस्थालाई आदिवासी संगठनको मान्यता दिएको थियो ।
 

टिप्पणीहरू