यता साँढे जुधाई, उता साँढे दौड

यता साँढे जुधाई, उता साँढे दौड स्रोत : सिन्ह्वा ।

नेपालमा माघे संक्रान्तिका दिन साँढे जुधाउने गरिन्छ । नुवाकोटको तारुका र रसुवाको सीमाना बेत्रावतीमा पनि सो दिन साँढे जुधाई प्रतियोगिता हुँदै आएको छ ।

उता इण्डोनेसियामा भने साँढे दौड प्रतियोगिता हुने गरेको छ । विशेषगरी यो मौसममा हरेक वर्ष त्यस्तो प्रतियोगिता हुने गरेको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

इण्डोनेसियाको पश्चिम सुमात्राको धान खेतमा प्रतियोगिता हुने गरेको छ । धान काटेपछि हिलाम्मे बनाइएको खेतमा साँढे दौडको आयोजना गरिएको हो ।

स्थानीय किसानले सयौं साँढेलाई प्रतियोगितामा सहभागी गराउँछन् । सुमात्रामा विशेषगरी मे महिनाको अन्त र जुन महिनाको शुरुका दिनमा हुने यो दौड हेर्न आन्तरिक र वाह्य पर्यटकको भीड लाग्ने गरेको छ ।

 

टिप्पणीहरू