आम मुस्लिम मोर्चाको केन्द्रीय कमिटी गठन

आम मुस्लिम मोर्चाको केन्द्रीय कमिटी गठन

प्रभु शाह नेतृत्वको आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाको केन्द्रीय कमिटी गठन भएको छ । 

लालबाबु मन्सुरीको अध्यक्षतामा आज मोर्चाको ६३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरिएको हो । मोर्चाको इञ्चार्जमा इस्लाम हवारी र उपाध्यक्षमा लुकमान मंसुरी मियाँ, इस्लाम मियाँ र सबिना खातुन रहेका छन् । 

त्यस्तै, शेख मोविनलाई महासचिवको जिम्मेवारी दिइएको छ भने फिरोज हवारी र मोहम्मद जाविर नवावलाई सचिव बनाइएको छ । सनिफ मियाँ मोर्चाको कोषाध्यक्ष बनेका छन् । 

मोर्चामा नजिर मियाँ, शेख जमाल, शेख रहिसुल आलम, नेक मोहमद, आश महमद, शेख सकिना खातुन, मोहम्मद सालिम, मुमताज हवारी, रहिम हवारी, समसुल कवारी, फिरोज मंसुरी, बेचन कवारी, हुसेन मियाँलगायत अन्य सदस्य रहेका छन् ।

टिप्पणीहरू