नेपाल र भारतबीच ७ बुँदे समझदारी, १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने मोदीको घोषणा

नेपाल र भारतबीच ७ बुँदे समझदारी, १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने मोदीको घोषणा

नेपाल र भारतबीच सात बुँदे सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा आज उक्त सम्झौता भएको हो ।

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनगरी सम्झौताबारे जानकारी दिएका छन् । जसमा पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट, हाइड्रोपावरमा भारतीय लगानी, ट्रान्समिसन लाईन निर्माणलगायत छन् । 

आजै अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाईपलाईनको शिलान्यास गरिएको छ । त्यस्तै, सुनौली भैरहवा इन्टिग्रेटेड चेकपोस्टको शिलान्यास र नेपालगञ्ज-रूपैडिया इन्टिग्रेटेड चेकपोस्टको उद्घाटन पनि गरिएको छ । सिलीगुड़ी – झापा पेट्रोलियम पाइपलाईन निर्माणमा पनि समझदारी भएको जनाइएको छ । 

संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले अबको १० वर्षमा भारतले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने बताएका छन् । प्रधानमन्त्री प्रचण्डको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाएको जानकारी दिँदै उनले पछिल्लो ९ वर्षमा भारतले नेपालबाट ४५० मेगावाट बिजुली किनेको जानकारी पनि दिए । 

नेपालको विकासका लागि सिर्सिया र झुलाघाटमा पुल निर्माणमा भारतले सहयोग गर्ने भारतीय प्रधानमन्त्री मोदीले बताए ।

टिप्पणीहरू