जसपा कोशी सरकारबाट बाहिरियो

जसपा कोशी सरकारबाट बाहिरियो

जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । पार्टीले एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको छ । 

जसपाको प्रदेश कमिटी अध्यक्ष दीपक याक्खाका अनुसार सरकारमा रहेकी स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बू सरकारबाट फिर्ता भएकी छन् ।

गत पुस ९ गते एमाले, माओवादी केन्द्र, जसपासहितको गठबन्धनमा कार्कीको नेतृत्वमा कोशी प्रदेश सरकार गठन भएको थियो । तर गत माघ अन्तिम साता भएको राष्ट्रपति निर्वाचनमा उक्त गठबन्धनमा विभाजन आएपछि एमालेबाहेक काँग्रेस, माओवादी केन्द्र, जसपासहितको नयाँ गठबन्धन बनेको हो । तर त्यसयता पनि एमाले नेतृत्वकै सरकार कायम छ । प्रदेश सभामा जसपाका एक जना सदस्य छन् ।
 

टिप्पणीहरू