भारत जानुअघि प्रधानमन्त्री शीतल निवासमा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति कार्यालय शीतल निवास पुग्नुभएको छ । उहाँ राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्न त्यहाँ जानुभएको बताइएको छ ।
प्रधानमन्त्री दाहाल बिहान ८ बजे राष्ट्रपति कार्यालय पुग्नुभएको हो । आफ्नो भारत भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराएपछि उहाँ साढे ८ बजे बालुवाटार फर्कनुभएको थियो ।
त्यसपछि चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओहुईको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँग बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले भेटवार्ता गर्नुभएको हो ।
१४ सदस्यीय प्रतिनिधिमण्डल हिजो राति साढे १० बजे सिंगापुर हुँदै काठमाडौं आएको थियो ।
टिप्पणीहरू