सरकारको नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट अनुमोदित

सरकारको नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट अनुमोदित

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भएको छ । 

गत शुक्रबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । त्यसलाई आजको राष्ट्रियसभा बैठकले अनुमोदन गरेको हो । 

त्यसअघि आजको बैठकमा नीति तथा कार्यक्रममाथि सदस्यहरुले उठाएका प्रश्न र जिज्ञासाको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनुभएको थियो । प्रधानमन्त्रीको जवाफपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । बैठकले उक्त नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको सभाध्यक्ष तिमिल्सिनाले घोषणा गर्नुभयो । 

यसअघि सोही बैठकले नीति तथा कार्यक्रममाथि हालेको तीनवटा संशोधन प्रस्तावलाई अस्वीकृत गरेको थियो । राष्ट्रियसभाको अर्को बैठक जेठ १४ गते बस्नेछ ।
 

टिप्पणीहरू