अमेरिकाको वित्तीय संकटका कारण अष्ट्रेलियामा ठिक्क पारिएको बैठक जापानमा सम्पन्न

अमेरिकाको वित्तीय संकटका कारण अष्ट्रेलियामा ठिक्क पारिएको बैठक जापानमा सम्पन्न

जापानको हिरोशिमामा भइरहेको विश्वका धनी राष्ट्रहरुको समूह जी ७ को बैठक क्रममा अष्ट्रेलियाको क्यानबेरामा आगामी मंगलबार हुने भनिएको एउटा बैठक जापानमा भएको छ । बैठकमा अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, जापानी प्रधानमन्त्री फुमिओ किसिदा र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानेसेको उपस्थिति थियो ।

जापानको जी ७ बैठकपछि अमेरिकी राष्ट्रपति र भारतीय प्रधानमन्त्री पपुवा न्युगिनी हुँदै अष्ट्रेलिया जाने कार्यक्रम थियो । तर, अमेरिकामा देखिएको बढ्दो वित्तीय संकटका कारण राष्ट्रपति बाइडेनले भ्रमण छोट्याएपछि क्यानबेरामा हुने भनिएको क्वाड बैठक हिजो हिरोशिमामा सम्पन्न भएको हो ।

अमेरिका, जापान, अष्ट्रेलिया र भारत सम्मिलित सुरक्षासँग सम्बन्धित रणनीतिलाई क्वाड भनिन्छ ।

टिप्पणीहरू