आज ३८ आन्तरिक उडान रद्ध

आज ३८ आन्तरिक उडान रद्ध

मुलुकका केही स्थानमा बिहान र अधिकांश ठाउँमा अपरान्हपछि मौसममा उत्पन्न परिवर्तनपछि आज पनि ३८ वटा आन्तरिक उडान रद्ध भएको छ । खराब मौसमका कारण सबैभन्दा धेरै बुद्ध एअरका उडान रद्ध भएको बताइएको छ । 

बुद्धको १९ उडान रद्ध भएको छ । रद्ध भएका उडानमध्ये पोखरा ५, विराटनगर ३, सिमरा २, भैरहवा २, भद्रपुर २ र जनकपुर, भरतपुर, धनगढी र नेपालगञ्जका एक एक उडान रद्ध भएका हुन् । 

त्यस्तै यतिका विराटगर ३, जनकपुर, पोखरा र भैरहवाका एक एक गरी ६ तथा तारा एअरका लुक्लाका ५ उडान रद्ध भएको जनाइएको छ । 

समिट एअरको पनि लुक्लातर्फको ५, श्री एअरको विराटनगर १, सौर्य एअरको भद्रपुर १, नेपाल वायुसेवा निगमको ताप्लेजुङ १  गरी आज ३८ वटा उडान रद्ध भएको हो ।

टिप्पणीहरू