कोरियन एअरले गर्यो काठमाडाैंमा अवतरणअघि ओभरसुट

कोरियन एअरले गर्यो काठमाडाैंमा अवतरणअघि ओभरसुट

आज अपरान्ह काठमाडौं वरपरको मौसममा एक्कासी देखापरेको परिवर्तनका कारण हवाई उडान प्रभावित भएको छ । कतिपय आन्तरिक उडान रद्ध भएका छन् भने, अन्तर्राष्ट्रिय उडानका विमान एक घण्टाभन्दा बढी आकाशमा होल्ड भएको बताइन्छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई मार्गमा हावाहुरी र मुसलधारे पानी परेपछि पौने ६ बजे अवतरण गर्न ठिक्क परेको कोरियन एअरको विमानले ओभरसुट गरेको हो । कोरियाको इन्चेनबाट आएको उडान नम्बर केई ६९५ को उक्त विमान अवतरणको क्रममा ७ हजार फिटमा आइपुगेपछि पनि ओभरसुट गरेर माथि गएको थियो । 

त्यसैगरी दुबईबाट आएको फ्लाई दुबईको विमान पनि लामो समय सिमरामाथिको आकाशमा होल्ड भएको बताइन्छ । मौसम खराबका कारण भरतपुर, भैरहवा, पोखरा र सिमराका अपरान्ह पछिका सबै उडान रद्ध भएका छन् ।

टिप्पणीहरू