पोखरा विमानस्थल बनाउँदा लागेको खर्च विवरण माग्दै मन्त्रालयमा निवेदन

पोखरा विमानस्थल बनाउँदा लागेको खर्च विवरण माग्दै मन्त्रालयमा निवेदन

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि भएको सम्झौताको प्रतिलिपि माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दर्ता भएको छ । 

राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले विमानस्थल निर्माणअघि भएको सम्झौताको विवरण मागेका हुन् । सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम हिजो निवेदन दर्ता गराएका उनले सम्झौता हुँदाको बखत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुमानित लागतको हिसाब दिन भनेका छन् । 

त्यस्तै, सम्झौतापश्चात भएका अनुमानित लागत वृद्धि, परियोजनाको लगानीको स्रोत र अन्तिम कुल लागतबारे समेत जानकारी गराउन यादवले माग गरेका छन् । 

दर्ता नम्बर ४५८४ भएको निवेदनमार्फत निवेदकले सोधेका छन्,‘सम्झौतापश्चात कुन-कुन मितिमा कति-कति, कुन-कुन कारण, कुन प्रक्रियाले अनुमानित लागत वृद्धि भएको हो ? परियोजनामा कुन कुन स्रोतबाट लगानी भएको हो र परियोजनाको अन्तिम कुल लागत कति हो ?’

टिप्पणीहरू