राजधानी दैनिकका पत्रकार र कर्मचारीहरुको आजको धर्ना रोकियो

राजधानी दैनिकका पत्रकार र कर्मचारीहरुको आजको धर्ना रोकियो

राजधानी दैनिकका पत्रकार तथा कर्मचारीहरुले सञ्चालकको निवासमा गर्ने भनिएको धर्ना कार्यक्रम स्थगित गरेका छन् । आज बिहान ९ बजेदेखि ११ बजेसम्म राखिएको धर्ना कार्यक्रम रोकिएको बताइएको छ । 

अस्ति कार्यालयको गेटमा र हिजो अध्यक्षको निवासमा धर्ना दिइएको थियो । आज सञ्चालकहरुको घरमा धर्ना दिने कार्यक्रम वार्ता प्रारम्भ भएपछि रोकिएको जानकारी दिइएको छ । उनीहरुले ललितपुरको कुपण्डोलस्थित सञ्चालक तथा अध्यक्ष नन्दा शेरचनको घरमा धर्ना दिन लागेपछि व्यवस्थापन र पत्रकार महासंघ, राजधानी दैनिक प्रतिष्ठान शाखाका प्रतिनिधिहरुबीच वार्ता भएकाले आजको कार्यक्रम स्थगित भएको बताएका छन् ।

बिहान ८ बजेदेखि दैनिकको कार्यालय, सरस्वतीनगरमा दुई पक्षबीच वार्ता भइरहेको छ । वार्तामा नन्दा स्वयम् बसेपछि उनीहरुले धर्ना कार्यक्रम रोकेका हुन् ।

टिप्पणीहरू