नेपाल वायुसेवाले जेठ २९ देखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान थाल्ने

नेपाल वायुसेवाले जेठ २९ देखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान थाल्ने

नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान भर्ने भएको छ । 

विमानस्थल सञ्चालनमा आएको एक वर्ष नाघिसक्दा अधिकांश एयरलाइन्सले उडान सञ्चालनको चासो लिएका छैनन् । तर मुलुकको राष्ट्रिय ध्वाजावाहक नेपाल एयरलाइन्सले अबदेखि सातामा एउटा उडान गर्न लागिएको जनाएको छ ।

निगमले यही जेठ २९ गतेदेखि नियमित उडान थाल्ने तालिकासमेत सार्वजनिक गरेको छ । जसअनुसार भैरहवाबाट मलेसियाको राजधानी क्वालालम्पुरका लागि साताको एक उडान हुनेछ । 

निगमले सोहीअनुसार टिकट बुकिङसमेत खुला गरेको छ । योसँगै निगमको न्यारोबडी जहाजले आगामी सोमबार काठमाडौंबाट क्वालालम्पुर र मंगलबार क्वालालम्पुरबाट भैरहवा हुँदै काठमाडौं उडान गर्नेछ ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र वाणिज्य विभागका निर्देशक टंकनिधि दाहालले हालै गरेको मलेसिया भ्रमणमा त्यहाँका सरकारी अधिकारीहरुसँग भैरहवा विमानस्थलमा नियमित उडानबारे गरेको छलफलपछि यो सम्भव भएको निगमले जानकारी दिएको छ ।

टिप्पणीहरू