जेठमा माछापुच्छेको टुप्पोमा हिउँको थुप्रो

जेठमा माछापुच्छेको टुप्पोमा हिउँको थुप्रो

यो वर्ष हिउँदमा भन्दा वसन्त ऋतु प्रारम्भपछि हिमाली भेगमा हिउँ देखिएको छ । गत चैत, बैशाख र जेठ महिनामा परेको लगातारको झरीपछि हिमालमा बाक्लो हिउँ थुप्रिएको बताइन्छ । 

पोखरा र सो क्षेत्रको प्रमुख आकर्षणको रुपमा रहेको माछापुच्छे र धौलागिरी हिमाल वरपर जेठको गर्मीमा पनि बाक्लो हिउँ देखिएको हो । कार्यालयको काममा पोखरा पुगेका नुवाकोटका दामोदर सापकोटाले मोबाइलबाट खिचेको दृश्यमा पनि यो वर्षको गर्मीमा हिमाल बाक्लो  हिउँले सेताम्मे देखिन्छ ।

टिप्पणीहरू