तलब नदिने साहुजीको घर घेराउ

तलब नदिने साहुजीको घर घेराउ

पछिल्लो सात महिनाको तलब नदिएपछि राजधानी दैनिकका श्रमजीवीहरुले मिडिया हाउसका मालिकको घर घेरेका छन् । उनीहरुले राजधानी दैनिककी साहु चन्दा शेरचन र आशिष शेरचनको कुपण्डोलस्थित निवास घेराउ गरेका हुन् ।

श्रमजीवीको आन्दोलनको दोस्रो दिन आज उनीहरु कुपण्डोल पुगेका छन्  । पहिलो चरणको संघर्षका कार्यक्रमअन्तर्गत हिजोदेखि धर्नाको कार्यक्रम राखिएको छ । 

हिजो बिहान १० बजेदेखि एक घण्टा राजधानी दैनिकको मुख्य गेटमा धर्ना राखिएको थियो । आज बिहान ९ बजेदेखि ११ बजेसम्म दुई घण्टा दैनिकका अध्यक्षको कुपण्डोलस्थित निवासमा धर्ना दिइएको बताइएको छ ।

भोलि बिहान ९ बजेदेखि ११ बजेसम्म दुई घण्टा उक्त दैनिकका सञ्चालकहरुको निवासमा धर्ना कार्यक्रम राखिएको छ ।

टिप्पणीहरू