अष्ट्रेलिया जाने नेपाली जहाजमै उताका सहायक विदेशमन्त्री दिल्लीतिर

अष्ट्रेलिया जाने नेपाली जहाजमै उताका सहायक विदेशमन्त्री दिल्लीतिर

नेपाल आएको अष्ट्रेलियन उच्चस्तरीय टोली स्वदेश फर्कने क्रममा नयाँ दिल्लीतर्फ प्रस्थान गरेको छ । सहायक विदेशमन्त्री टिम वाट्स नेतृत्वको दुई सदस्यीय टोली बिहान त्यसतर्फ गएको हो ।

सहायक विदेशमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलले नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २०५ रोजेको बुझिएको छ । अस्ति ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अष्ट्रेलिया र नेपालबीच सिधा हवाई उडान गर्ने सम्बन्धमा नयाँ पहलकदमी लिन आफूहरू उत्साहित रहेको सहायकमन्त्री वाट्सले बताएको सन्दर्भमा उनै मन्त्रीले नेपाल वायुसेवाको उडान रोजेका हुन् ।

भुटान हुँदै आएको अष्ट्रेलियन टोलीले नेपालबाट अष्ट्रेलिया पुगेको १३औं शताब्दीको रत्नेश्वर मन्दिरको टुँडाल नेपाललाई फिर्ता गरेको थियो । सहायक परराष्ट्रमन्त्री टिम र आर्ट ग्यालरी न्यू साउथ वेल्सका निर्देशक डा. माइकल ब्रान्डले मन्दिरका पुजारी हेरम्बराज राजोपाध्यायलाई हस्तान्तरण गरेका थिए ।

उक्त टुँडाल सुलिम टोलको मन्दिरबाट चोरीपछि अष्ट्रेलिया पुगेको थियो । नेपाल वायुसेवा छिट्टै अस्ट्रेलिया सीधा उडानको तयारीमा छ ।

टिप्पणीहरू