बुद्ध एअरको पोखरा पुगेको विमान काठमाडौंमा अवतरण

बुद्ध एअरको पोखरा पुगेको विमान काठमाडौंमा अवतरण

बुद्ध एअरको आज बिहान पोखरा उडेको विमान अवतरण हुन नसकेपछि काठमाडौं फर्केको छ । हिजो साँझ रद्ध भएको उक्त उडान आज बिहान साढे ६ बजे उडाइएको बताइएको छ ।

हिजो मौसम खराबको कारण रद्ध गरिएको उक्त उडान आज बिहान उडाइएको थियाे । पोखरामाथिको आकाशमा पुगेपछि मौसम खराब भएको जनाउँदै पुनः काठमाडौं फर्काइयो ।
उडान नम्बर बीएचए ६५७ को उक्त विमान बिहान सवा ७ बजे काठमाडौं विमानस्थलमा अवतरण गरेको हो ।

आज बिहानदेखि मौसममा आएको परिवर्तनपछि काठमाडौंबाट उड्न लागेको माउण्टेन फ्लाइट, सिमरा, सुर्खेत र भद्रपुरका उडान ढिलो भएको जनाइएको छ ।

टिप्पणीहरू